बैशाख १४, २०८१, शुक्रबार
               

पोखरामा होस्टेल सञ्चालिका पक्राउ

नेपाल फ्ल्यास
असोज ०७, २०७७

सांकेतिक फोटो
ADVERTISEMENT

पोखरा । होस्टलमा विद्यार्थी राखेर पठनपाठन गराएको आरोपमा एक होस्टेल सञ्चालिका पक्राउ परेकी छिन् ।

पोखरा-४ गैह्र्रापाटन स्थित अलब्राईट होस्टेल सञ्चालिका पोखरा-८ न्युरोड निवासी ३२ वर्षीया सनसरी श्रेष्ठलाई पक्राउ गरिएको कास्की प्रहरीले जानकारी दिएको छ ।

कोरोना भाइरस संक्रमणको जोखिम हुने भन्दै नेपाल सरकारद्वारा निषेधित कार्य गराएको आरोपमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलय कास्कीका प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक सुवास हमालले जानकारी दिए ।

कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि नेपाल सरकारद्वारा निषेधित होष्टल, स्कुल, व्यायमशाला, धार्मिक स्थल लगायतका भिडभाड हुने स्थानहरु सञ्चालन नगर्ने नगराउने निर्णायको विरुद्दमा कार्य गरेको पाइएपछि उनलाई पक्राउ गरिएको हमालले बताए ।

श्रेष्ठलाई थप कारबाहीका लागि जिल्ला प्रशासन कार्यालय कास्की पठाइएको छ  ।


कस्तो लाग्यो ?

यो पनि