बैशाख १४, २०८१, शुक्रबार
               

विश्वमा कोरोना सङ्क्रमितको संख्या तीन करोड नाघ्यो

एजेन्सी
असोज ०२, २०७७

ADVERTISEMENT

संयुक्त राज्य अमेरिकास्थित जोन्स हप्किन्स विश्वविद्यालयले विश्वमा कोरोनाका कारण विश्वका तीन करोड मानिस संक्रमित भएको बताएको छ । सो विश्वविद्यालयका अनुसार अमेरिकामा कोरोनाका कारण सबैभन्दा बढी संक्रमित र मृत्युको संख्या अमेरिकामा छ।

हालसम्म सो देशमा ६६,६९,३२२ भन्दा बढी सङ्क्रमित भएका छन् भने १,९७,५८९को मृत्यु भएको उक्त विश्वविद्यालयले जनाएको छ। दोस्रो धेरै सङ्क्रमित भारतमा छन् भने तेस्रो बढी सङ्क्रमित रहेको देश ब्राजिल हो।

मृतकको सङ्ख्याको हिसाबले चाहिँ ब्राजिल दोस्रो स्थानमा छ भने भारत तेस्रो स्थानमा छ।

ब्राजिलमा १,३४,१०६ जनाले कोरोनाभाइरसबाट ज्यान गुमाएका छन् भने भारतमा हालसम्म ८३,१९८ जनाको मृत्यु भएको छ।

रुस १०,८१,१५२ सङ्क्रमितसहित चौथो स्थानमा छ भने पाँचौँ स्थानमा रहेको पेरुमा ७,४४,४०० व्यक्ति सङ्क्रमित छन्। यस्तै,विश्वमा २ करोड २० लाख ४१ हजार ३१४ जना उपचारपछि घर फर्किएका छन ।

विश्व स्वास्थ्य सङ्गठनका अनुसार कोरोनाभाइरसबाट हालसम्म सबैभन्दा नराम्ररी प्रभावित देशका रूपमा अमेरिका, भारत र ब्राजिल रहे पनि पछिल्ला हप्तामा युरोपमा बढ्दो क्रममा सङ्क्रमण देखिएको छ।


कस्तो लाग्यो ?

यो पनि