बैशाख १५, २०८१, शनिबार
               

इरानले युरेनियम क्षमता तोकिएको मापदण्डभन्दा ‘१० गुणा बढी’ बनाएको आरोप

नेपाल फ्ल्यास
भदौ २०, २०७७

ADVERTISEMENT

इरानले आफ्नो युरेनियम क्षमता अन्तर्राष्ट्रिय सीमा भन्दा १० गुणा बढी बनाएको परमाणु गतिविधि सम्बन्धमा अनुगमन गर्ने संयुक्त राष्ट्रसंघीय संस्थाले बताएको छ ।

अन्तर्राष्ट्रिय सहमतिमा निर्धारण गरिएको सीमा भन्दा इरानको युरेनियम क्षमता १० गुणा बढी रहेको इन्टरनेशनल एटोमिक इनर्जी एजेन्सी (आइएइए) ले बताएको हो । इरानको युरेयिनम भण्डारण २१ सय पाँच किलो पुगेको छ ।

इरानले आफ्नो परमाणु कार्यक्रम शान्तिपूर्ण प्रयोजनका लागि रहेको बताउँदै आएको छ । इरानले आइएइएका अनुगमनकर्ताहरुलाई आफ्ना दुई पूर्व परमाणु क्षेत्रमा पहुँच दिएपछि यो खबर बाहिरि आएको हो । एजेन्सीले दोस्रो क्षेत्रको नमुना अर्को महिना लिने बताएको छ ।

सन् २०१५ मा इरान, चीन, फ्रान्स, जर्मनी, रुस, बेलायत र अमेरिकाबिच परमाणु सम्झौता भएको थियो ।

सो सम्झौता अनुसार इरानले आफ्नो परमाणु कार्यक्रम सीमित गर्दै लैजाने भनिएको थियो । तर, अमेरिका सम्झौताबाट बाहिरियो, त्यसपछि इरानले पनि आफूले सम्झौताका नियमहरु नमान्ने बताएको थियो ।


कस्तो लाग्यो ?

यो पनि