असोज ०५, २०८१, शनिबार
               

गोंगबु विभत्स हत्या प्रकरणमा कल्पनाको बयान, मार्नुको कारण के थियो ?

नेपाल फ्ल्यास
साउन २७, २०७७

ADVERTISEMENT

काठमाडौं । साउन २५ गते आइतबार गोंगबुको गणेस्थान नजिक एक सुटकेशमा शव फेला पर्यो ।

सुटकेशमा टाउको र खुट्टा नभएको अवस्थामा एक पुरुषको शव भेटिएको थियो । उक्त सुटकेश रहेको करिब ३०० मिटर पर टाउको र खुट्टा समेत भेटिएको थियो । 

सुटकेशमा रहेको शव दाङका कृष्णबहादुर बोहराको भएको प्रहरीले जनाएको छ ।

कृष्ण बहादुर काठमाडौं नयाँबजारस्थित एक गार्मेन्टमा काम गर्थे ।

कृष्ण बहादुर पछिल्लो एक महिनादेखि गोंगबु मित्रनगरस्थित नर्सिङ धाम गेष्ट हाउसमा बस्दै आएका थिए । 

शनिवार  ‘म दुई दिन आउँदिन’ भनेर उनी गेष्ट हाउसमा निस्किएका थिए । 

कहाँ गए कृष्णबहादुर ?

प्रहरीको प्रारम्भिक अनुसन्धानको आधारमा गेष्ट हाउसबाट निस्किएर उनी गोंगबु पगे । गोंगबु चोकबाट केही मिटरभित्र (नवज्योती मार्ग) किरण बस्नेतको चारतले घर छ । 

शनिवार कृष्ण बहादुर त्यही घर गएका थिए । जहाँ उनको हत्या भयो ।

किरण बस्नेतको घरमा कल्पना शाही बस्थिन् । उनी  एक छोरा र एक छोरीसँगै उक्त घरको फ्ल्याटमा बस्दै आएकी थिइन् । कल्पनाले २ वटा कोठा, किचन र बाथरुम भाडामा लिएकी थिईन् । 

मृतक

प्रहरीमका अनुसार, एउटा कोठा र बाथरुममा रगत देखिएको छ । कृष्णबहादुरलाई पहिले विष खुवाएर मारेपछि घाँटी र खुट्टा काटेको उनले बताएकी छिन् । मृतकको पोष्टमार्टम रिपोर्ट आउन भने बाँकी छ । 

बाथरुममा मृत शरीर टुक्रा पारेर शव व्यवस्थापन गरेपछि कल्पनाले काठमाडौं छाडिन् । आइतबार साँझ उनले काठमाडौं छाडिन् ।

कहाँ गइन् कल्पना  ?

आफूलाई कल्पना शाही बताउने उनको वास्तविक नाम भने कल्पना मुडवरी भएको प्रहरीले बताएको छ । कृष्णबहादुरसँग उनले सामाजिक सञ्जाल फेसबुकमा कमला पौडेलको नामबाट कुरा गर्ने गर्थिन् । 

कल्पना आइतबार साँझ एम्बुलेन्स बोलाएर चितवन पुगिन् । उनको स्थायी घर चितवन हो ।

छोरा–छोरीसहित चितवन शक्तिखोरस्थित घरमा गएकी उनलाई चितवन प्रहरीसँगको समन्वयमा काठमाडौं प्रहरीले टाँडीबाट पक्राउ गरेर काठमाडौं ल्यायो । 

कल्पनालाई चितवन लैजाने एम्बुलेन्स चालकलाई समेत प्रहरीले मकवानपुरको हेटौंडाबाट नियन्त्रणमा लिएको छ । 

शनिबार राति के भयो ?

कल्पनाले शनिबार राती आफ्नो फ्ल्याटमा आएका कृष्णबहादुर बोहरालाई ‘आफैले मारेको’ बताएकी छिन् । हत्या गर्न कसैको सहयोग नलिएको कल्पनाले प्रहरीसमक्ष बताएकी छिन् । 

'मलाई दुःख दिन आएपछि मैले हत्या गरेकी हुँ' कल्पनाको भनाइ छ । शव व्यवस्थापनमा भने उनकी १६ वर्षीया छोरीले सहयोग गरेको प्रहरीको भनाइ छ ।

कृष्णबहादुरलाई स्लिपिङ ट्याब्लेट (नशा दिने चक्की) खुवाएको र बलात्कार प्रयास गरेपछि घुँडाले संवेदनशील (गोप्य) अंगमा हिर्काउँदा ढलेको कल्पनाले बयान दिएकी छिन् । 

मृत्युपछि बाथरुममा लगेर उनको खुट्टा र टाउको काटेर सुटेकश र जेब्रा झोलामा हालेर सडक किनारमा फालेको कल्पनाले बताएकी छिन् । 

ह्यामर र दाउ बरामद 

प्रहरीले उनको फ्ल्याटबाट ह्यामर र मासु काट्ने प्रयोग गरिने दाउ बरामद गरेको छ । 

ह्यामर र दाउ खाटमुनी फेला परेको अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतले जानकारी दिए । 

कसैले थाहा पाएन ?

२०७६ फागुन १ गते कल्पना किरण बस्नेतको घरमा डेरा सरिन् । उनको डेरा दोस्रो तल्लामा थियो, अर्थात हत्या भएको फ्ल्याट भन्दा ठिक तल्लो तल्ला । 

मध्यराति मान्छे मारेर काटेको आवाज पक्कै सुनिनुपर्ने हो । तर, घरधनी बस्नेतले पनि आफूले केही थाहा नपाएको बताए । 

प्रहरीले उनको घरको तेस्रो तल्लामा रहेको बन्द कोठाको ताला फुटाएर घटनास्थल पहिचान गरेको थियो । शव व्यवस्थापनपछि कोठामा ताला लगाएर कल्पनाले काठमाडौं छाडेकी थिईन् । 

कल्पना सार्वजनिक

शनिबार राती भएको विभत्स हत्या प्रकरणमा आरोपी महिलाले नशालु चक्की खुवाएर दाङका कृष्णबहादुर बोहोराको हत्या गरेको बयान दिएकी छन् । 

उनले नशालु चक्की खुवाएर बेहोस बनाएपछि दाउले हत्या गरेको प्रहरी समक्ष बयान दिएकी छन् ।

हत्यामा आफूमात्रै संलग्न भएको पक्राउ कल्पना शाही भन्ने कल्पना मुडवरीले बयान दिएको प्रहरीले जनाएको छ । 

उनलाई प्रहरीले चितवनबाट हिजो पक्राउ गरेको थियो । 

प्रहरी अनुसन्धानमा कल्पना पौडेलको नामबाट ती महिलाले फेसबुकमा च्याट गरेको पाइएको छ ।

प्रहरीसँगको बयानमा उनले भनेकी छन्, 'भोड्का (रक्सी) र स्लिपिङ ट्याब्लेट दिएर बेहोस बनाएँ । हल्का बेहोस भएका समयमा ह्यामरले संवेदनशील अंगमा हिर्काएँ । त्यसपछि ढलेपछि उसको हत्या गरेकी हुँ । हत्यामा कसैको पनि संलग्नता छैन । शव फाल्न भने छोरीले पनि सहयोग गरेकी थिइन् ।'

प्रहरीसँगको बयानमा ती महिलाले बाथरुममा लगेर खुट्टा र टाउको काटेर सुटकेश तथा जेब्रा झोलामा लगेर फालेको बताएकी छन् । प्रहरीले ह्यामर र दाउ पनि फेला पारेको छ ।

घटनापछि ती महिला एम्बुलेन्समा चितवन पुगेको खुलेको छ । चितवनको शक्तिखोरस्थित घर हिँडेकी उनलाई प्रहरीले चितवनको टाँडीबाट पक्रेको थियो । 

खास कारण के हो ?

प्रारम्भिक अनुसन्धानमा आर्थिक (पैसा) लेनदेन मुख्य कारण देखिएको अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीले जानकारी दिए । यसबारे थप पुष्टि हुन बाँकी छ ।

कल्पनाले नक्कली फेसबुक आईडी बनाएर आफूलाई दुःख दिन थालेपछि हत्या गरेको समेत बताएकी छन् ।

अन्तरंग तस्वीरहरु नक्कली फेसबुक आईडी बनाएर सार्वजनिक गर्न थालेपछि र आफूअनुकूल चल्न दबाव दिन थालेपछि हत्या गरेको वयान उनले दिएको अपराध अनुसन्धान महाशाखा प्रमुख दीपक थापाले जानकारी दिए ।

यो पनि