बैशाख १४, २०८१, शुक्रबार
               

आइतबार काठमाडौं उपत्यकामा थप ९२ जनामा कोरोना संक्रमण

नेपाल फ्ल्यास
साउन २५, २०७७

ADVERTISEMENT

काठमाडौं, २५ साउन । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ९२ जनालाई कोरोना संक्रमण देखिएकाे छ । 

पछिल्लो २४ घण्टामा विभिन्न प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा उपत्यकामा थप ९२ जना कोरोना संक्रमित थपिएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमार्फत मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा भेटिएका संक्रमितमध्ये काठमाडौंका ९० जना र ललितपुरमा २ जनामा कोरोना संक्रमण देखिएको हो ।

यो सँगै उपत्यकामा कोरोना संक्रमितको संख्या एक हजार १३६ पुगेको छ ।


कस्तो लाग्यो ?

यो पनि