बैशाख १४, २०८१, शुक्रबार
               

'इनफ इज इनफ' र सरकारबीच सहमति, २३ दिनपछि तोडियो अनशन

नेपाल फ्ल्यास
साउन २५, २०७७

फाइल फोटो
ADVERTISEMENT

काठमाडौं । 'इनफ इज इनफ' समूहले २३ दिन देखिको अनशन तोडेको छ ।

आयतबार ह्याम्स अस्पतालमा स्वास्थ्य मन्त्रालय र इनफ इज इनफ समूहबीच १३ बुँदे सहमति भएसँगै ईः, समायारा श्रेष्ठ र करण गुरुङले २३ दिन लामो अनशन तोडेका हुन् ।

पीसीआर परीक्षणको दायरा बढाउनुपर्ने, कोरोनाको खर्च पारदर्शी बनाउनुपर्ने लगायत माग राखेर इनफ इज इनफ समूह अनशन बसदै आएको थियो ।

यसअघि भएको सहमति कार्यान्वयन नभएको भन्दै उनीहरु पुनः अनशन बसेका थिए । 

अबको सहमति कार्यान्वयन हुने मन्त्रालले प्रतिवद्धता जनाएको छ । 

सहमति पत्रमा मन्त्रालयका तर्फबाट सहप्रवक्ता समिरमणी अधिकारीले हस्ताक्षर गरेका छन् ।

आफूहरुले राखेका मागहरु प्रायः पूरा भएकाले अनशन तोडेको अभियन्ताहरुले बताएका छन् ।

अनशन तोडिएपछि इनफ इज इनफले जारी गरेको प्रेस विज्ञप्तिमा युवाहरुको स्वतःस्फूर्त अभियानको उपलब्धीस्वरुप पीसीआर परीक्षणको संख्या र दायरा वृद्धि भएको, कोभिड–१९ रोकथाम तथा नियन्त्रणमा स्वास्थ्य मन्त्रालयले तयार गरेको निर्देशिका तथा कार्यविधिहरुको कार्यान्वयन, प्रचारप्रसार गर्ने गराउने काममा सकारात्मक पहल भएको उल्लेख छ ।

कोभिड–१९ को प्रभावकारी व्यवस्थापनको माग गर्दै ईः दोस्रो पटक सत्याग्रहमा बसेका थिए । पहिलो पटक उनी र पुकार बम पाटन दरबार स्क्वायरमा अनशन बसेका थिए । 

सत्याग्रहको १२ औं दिन असार २२ गते सरकारसँग १२ बुँदे सम्झौता भएपछि उनीहरुले अनशन तोडेका थिए ।


कस्तो लाग्यो ?

यो पनि