बैशाख १४, २०८१, शुक्रबार
               

गोंगबुमा भेटिएको शवः सुटकेशमा ज्यान, जेब्रा झोलामा टाउको (अपडेट)

नेपाल फ्ल्यास
साउन २५, २०७७

ADVERTISEMENT

काठमाडौं । आइतबार काठमाडौंस्थित गोंगबुको गणेशथानमा सुटकेशभित्र एक शव भेटिएको छ । उक्त शव ज्यान एकातिर र टाउको अर्कोतर्फ भेटिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

एक कालो सुटकेशमा शव र दुई सय मिटरको दुरीमा टाउको भेटिएको महानगरीय प्रहरी परिसर काठमाडौंको भनाइ छ । प्रहरीका अनुसार उक्त शव फेला परेको ठाउँभन्दा दुई सय मिटर पर टाउको भेटिएको हो ।

ज्यान सुटकेशभित्र थियो भने टाउको जेब्रा झोलामा र परेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको हो । टोखा नगरपालिका–१० नजिकै सडक किनारामा राखिएको सुटकेशबाट रगत बगेको देखेपछि स्थानियले प्रहरीलाई खबर गरेको प्रहरीको भनाइ छ । यसबारे प्रहरीले अझै गम्भीर अनुसन्धान गरिरहेको छ ।


कस्तो लाग्यो ?

यो पनि