बैशाख १४, २०८१, शुक्रबार
               

जिपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नेपाल फ्ल्यास
साउन २५, २०७७

ADVERTISEMENT

भक्तपुर । भक्तपुर नगरपालिका च्यामासिंबाट जगातितर्फ आउँदै गरेको जिप र मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।

गए राति बा १९ च ३३८४ नंको जिप र बा ६६ प २८१० नंको मोटरसाइकल ठोक्किँदा घाइते भएका कमलविनायकका २९ वर्षका सुमन कुटवाल श्रेष्ठको भक्तपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको महानगरीय प्रहरी बृत्त जगातिका प्रहरी नायब उपरीक्षक चक्रराज जोशीले जानकारी दिए ।

फरार जिप चालक रामेछाप खनियापानी गाउँपालिका–७ घर भई काठमाडौं शंखमूल बस्ने २१ वर्षीय नारायणबहादुर श्रेष्ठलाई प्रहरीले पक्राउ गरी घटनाको अनुसन्धान सुरु गरेको उनले जानकारी दिए ।


कस्तो लाग्यो ?

यो पनि