बैशाख ०८, २०८१, शनिबार
               

गहनापोखरी–हाँडीगाउँ क्षेत्र सिल

नेपाल फ्ल्यास
साउन २४, २०७७

ADVERTISEMENT

काठमाडौं । काठमाडौंको गहनापोखरी–हाँडीगाउँ क्षेत्र सिल गरिएको छ ।

टोलमा आठ जनालाई कोरोना संक्रमण देखिएपछि गहनापोखरी–हाँडीगाउँ क्षेत्र सिल गरिएको हो ।

गहनापोखरीबाट पूर्वतर्फ पर्ने हाँडीगाउँको कोटाल टोलमा कोरोना संक्रमितहरु फेला परेपछि सो क्षेत्र सिल गरिएको हो ।

संक्रमितहरु नेपाल प्रहरी, प्रहरीका परिवार र स्थानीय घर धनीहरु छन् ।

त्यहाँ अघिल्लो बिहीबार एक प्रहरीमा सुरुमा कोरोना संक्रमण पुष्टि भएको थियो । 

प्रहरीका परिवारमा थप चार जनामा पनि कोरोना देखिएको स्थानीय नेता तथा समाजसेवी बिरेन्द्र प्रजापतीले जानकारी दिए । 

उनीहरुको सम्पर्कमा रहेकाको स्वाब संकलन गरेर परीक्षण गर्दा शुक्रबार थप पाँच जनामा कोरोना पुष्टि भएको थियो ।


कस्तो लाग्यो ?

यो पनि