बैशाख १४, २०८१, शुक्रबार
               

दुर्घटनामा साइकलयात्रीको मृत्यु, डुबेर बालकको ज्यान गयो

नेपाल फ्ल्यास
साउन २४, २०७७

ADVERTISEMENT

सप्तरी । पूर्वपश्चिम राजमार्गअन्तर्गत सप्तरीको रुपनीमा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा शम्भुनाथ नगरपालिका–१ खोक्सरका देवनारायण यादव रहेको इलाका प्रहरी कार्यालय रुपनीले जनाएको छ । 

ठक्करबाट गम्भीर घाइते भएका यादवको तत्काल स्थानीय युनिक अस्पतालमा उपचारका लागि लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको प्रहरीले जनाएको छ । 

पूर्वबाट पश्चिम गइरहेको साइकलयात्रीलाई स१०प ८४९८ नंको मोटरसाइकलले पछाडिबाट ठक्कर दिएको थियो । 

ठक्कर दिने मोटरसाइकल र चालकलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान भइरहेको छ ।

बालकको मृत्यु

सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–८ स्थित पोखरीमा डुबेर एकजना बालकको समेत मृत्यु भएको छ । 

स्थानीयवासी राधेकुमार मण्डलको ५ वर्षीय छोरा शिवम मण्डलको पोखरीमा डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय हनुमाननगरले जनाएको छ । 

घर नजीकैको पोखरीमा नुहाउन गएको बेला शिवम पोखरीमा डुबेको स्थानीयवासीले बताएका छन् । 

शवपरीक्षणका लागि गजेन्द्रनारायण सिँह अस्पतालमा ल्याएको छ भने घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 


कस्तो लाग्यो ?

यो पनि