बैशाख १५, २०८१, शनिबार
               

बलात्कार आरोपित पक्राउ

नेपाल फ्ल्यास
साउन २४, २०७७

ADVERTISEMENT

सप्तरी । बलात्कार आरोपित सप्तरीको राजविराज नगरपालिका–६ खर्साल टोलका २८ वर्षीय रोशन मण्डल पक्राउ परेका छन् । 

विराटनगरमा पक्राउ परेका मण्डललाई मोरङ प्रहरीले आज जिल्ला प्रहरी कार्यालय सप्तरी ल्याएको छ । 

जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता रहेकाले थप अनुसन्धान र आवश्यक कारवाहीका लागि राजविराज ल्याइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक तिलक भारतीले बताए । 

आरोपितलाई मोरङ प्रहरीले शुक्रबार विराटनगरबाट पक्राउ गरेको थियो । 

२१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालयले असार २८ गते उजुरी दर्ता गरेको थियो । 

उजुरी दर्ता भएपछि राजविराजबाट फरार भएका युवक विराटनगरमा लुकेर बसेका थिए । पीडितकै सूचनामा आरोपित पक्राउ परेको प्रहरीले जनाएको छ ।

उच्च शिक्षा अध्ययन गर्ने क्रममा राजविराज नगरपालिका–७ स्थित घरमा डेरा लिई बसेको कोठामा कोही नभएको मौका छोपी आएका आरोपितले बलात्कार गरेको र कसैलाई भनेमा ज्यान मार्ने धम्की दिँदै आएको पीडितले बताइन् ।


कस्तो लाग्यो ?

यो पनि