बैशाख १४, २०८१, शुक्रबार
               

सरकारी रकम व्यक्तिगत खातामा, लेखापालसहित चार जना पक्राउ

नेपाल फ्ल्यास
साउन २३, २०७७

ADVERTISEMENT

रुकुम । सरकारी पैसा व्यक्तिगत खातामा राख्ने रुकुम पश्चिमका एक लेखापालसहित चार जना पक्राउ परेका छन् । 

त्रिवेणी गाउँपालिकाका लेखापाल हेमन्त केसीसहित चार जना पक्राउ गरेका हुन ।

गाउँपालिकाको पैसा व्यक्तिगत खातामा राखेको पाइएपछि लेखापाल केसीसहित उनका भतिजा सुवास केसी, भाइ विकास र अर्का भतिजा भीमसेनलाई पक्राउ गरिएको रुकुमका डीएसपी ठकबहादुर केसीले जानकारी दिए ।

डीएसपी केसीका अनुसार उनीहरु राति ९ बजेसम्म बाहिरबाट ताला लगाई कार्यालयमै कागजात मिलाउँदै गरेको स्थानीयले प्रहरीलाई खबर गरेपछि नियन्त्रणमा लिइएको हो ।

लेखापाल केसीले गत आर्थिक वर्ष २०७६र७७ को बजेटबाट २४ लाख ९२ हजार ३७२ श्रीमती र भतिजा सुवासको खातामा जम्मा गरेका थिए ।

विभिन्न शीर्षकमा अनाधिकृतरूपमा उनीहरुको खातामा जम्मा भएको सरकारी रकम उनीहरुले फेरि गाउँपालिकाकै खातामा जम्मा गरेका थिए । 

उक्त रकमको कागजात मिलाउने क्रममा पक्राउ गरिएको प्रमुख जिल्ला अधिकारी उपेन्द्रराज पौडेलले जानकारी दिए ।


कस्तो लाग्यो ?

यो पनि