बैशाख १५, २०८१, शनिबार
               

प्रदेश २ का आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादवमा कोरोना पुष्टि

नेपाल फ्ल्यास
साउन २२, २०७७

ADVERTISEMENT

धनुषा । प्रदेश २ का आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादवमा कोरोना पुष्टि भएको छ । यसैगरी मन्त्री यादवसँगै उनका दुई पिएसओ र एक सवारी चालकमा पनि कोरोना पोजेटिभ देखिएको छ ।

संक्रमण पुष्टि भएपछि जनकपुरस्थित मन्त्रीनिवासमै आफूलाई आइसोलेट गरेको यादवले  बताए । काठमाडौंको होटलबाट आफूमा कोरोना संक्रमण भएको हुन सक्ने आशंका व्यक्त गरेका छन्। 

काठमाडौंमा साउन १५ गते आयोजित प्रहरी समायोजनसम्बन्धी समन्वय समितिको बैठकमा मन्त्री यादव प्रदेश २ को नेतृत्वमा सहभागी भएका थिए । 

उनी काठमाडौंमा होटल क्रिस्टेलमा बसेका थिए। 

पिसिआर टेस्ट गराउँदा पोजिटिभ आए पनि हालसम्म उनलाई कोरोनाको लक्षण नदेखिएको बताए । मन्त्री यादवले भने ‘म डब्लुएचओद्वारा निर्देशित स्वास्थ्यसम्बन्धी सबै मापदण्डलाई फ्लो गरिराखेको छु र विश्वास छ चाँडै निको भएर जनताको सेवामा पूनः फर्किने छु।’


कस्तो लाग्यो ?

यो पनि