बैशाख १५, २०८१, शनिबार
               

काठमाडौं उपत्यकामा अहिलेसम्म कै धेरै संक्रमित थप

नेपाल फ्ल्यास
साउन २२, २०७७

ADVERTISEMENT

काठमाडौं । लकडाउन खुकुलो भएसँगै काठमाडौं उपत्यकामा काेरोना संक्रमितकाे संख्या ह्वात्तै बढेकाे छ । 

बिहीबारकाे तथ्यांक अनुसार काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ८७ जना कोरोना संक्रमित थप भएका छन् । 

बिहीबार काठमाडौंका ७६ जना, भक्तपुरका १ जना र  ललितपुरका १० जना गरी ८७ जनामा संक्रमण देखिएकाे स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

पछिल्लो हप्ताकाे तथ्यांकअनुसार काठमाडौं उपत्यकाभित्र गत शनिबार ३ जना, आइतबार ८ जना, साेमबार ६ जना, मंगलबार ५३, बुधबार १५ जना, बिहीबार ४५ जना, शुक्राबार ३८ जना, शनिबार ६, आइतबार ३१ जना, सोमबार ५१ जना र मंगलबार र बुधबार ६२/६२ जना कोराेना संक्रमित थपिएका मन्त्रालयले जनाएकाे छ । 

यो सँगै अब काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या ८७६ पुगेको छ । जसमा काठमाडौंमा ६७४ जना, ललितपुरमा १२४ जना र भक्तपुरमा ७८ जना रहेका छन्  ।


कस्तो लाग्यो ?

यो पनि