बैशाख २६, २०८१, बुधबार
               

‘म ठूलो–सानो कुनै  पनि गुटमा लाग्दिनँ’: वामदेव

नेपाल फ्ल्यास
साउन २१, २०७७

ADVERTISEMENT

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले साउन २० गते मंगलबार बिहान पार्टी उपाध्यक्ष तथा संगठन विभागका प्रमुख क.वामदेव गौतमसँग गरेका भेटका सन्दर्भमा विभिन्न टिकाटिप्पणी आइरहेका छन् । 

उक्त भेटमा अध्यक्ष प्रचण्डले उपाध्यक्ष गौतमसँग पार्टीसँग सम्बन्धित केही समसामयिक विषयमा संक्षिप्त कुराकानी गरेका हुन् । उक्त भेटका सन्दर्भमा विभिन्न किसिमका चर्चा, परिचर्चा गरिए पनि वास्तविकता अर्कै भएको स्पष्ट पारेका छन् ।

साउन १३ गते उपाध्यक्ष वामदेव गौतमले पार्टी विग्रह तत्काल रोक्नका लागि दुबै अध्यक्षसमक्ष राख्नुभएको प्रस्तावउपर सोही दिन पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो समर्थन रहेको स्पष्ट पारिसकेका थिए ।

प्रचण्ड वामदेवलाई भेट्न जाँदा वामदेवले आफू कुनै निश्चित नेता वा विचार समूहको पक्षमा नभई पार्टी एकताप्रति दृढ रहेको स्पष्ट पारे ।

भेटकै क्रममा प्रचण्डले ‘अब तपाईं के गर्नुहुन्छ ?’ भन्ने प्रश्नमा वामदेवले ‘म ठूलो–सानो कुनै  पनि गुटमा लाग्दिनँ’ भनी जवाफ दिएका थिए ।


कस्तो लाग्यो ?

यो पनि