बैशाख २०, २०८१, बिहीबार
               

के हाे आवाज बिनाकाे चट्याङ ?

नेपाल फ्ल्यास
साउन २०, २०७७

ADVERTISEMENT

काठमाडौं । मंगलबार राति देशकाे विभिन्न स्थानमा आवाज बिहिनकाे बिजुली चम्किरहेकाे छ ।

नेपालकाे अधिकाँश स्थानबाट देखिएकाे उक्त आवाजबिनाकाे चट्याङ समुन्द्र सतहभन्दा धेरै माथि भएकाे हुँदा आवाज जमिनसम्म आइनपुगेकाे माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । 

करिब १६ किलाेमिटरमन्दा माथिकाे आवाज जमिनमा आइनपुग्ने भएकाेले बिजुली चम्किएकाे तर आवाज नसुनिएकाे माैसम पूर्वानुमान महाशाखाका माैसमविद‍् प्रतिभा मानन्धरले नेपाल फ्ल्यासलाई बताइन् । करिब १६ किलाेमिटरकाे तहलाई स्ट्याटोस्फियर तह भनिन्छ । उक्त तहकाे चट्याङकाे प्रकाश देखिए पनि आवाज भने सुन्न नसिकने माैसम विभागले जनाएकाे छ । 

यो केही फरक खालकाे नभएर सामान्य चट्याङ नै भएकाेले धेरै नआत्तिन र पानी पर्न सक्ने भएकाे हुँदा सचेत बस्न मौसमविद तुलाधरकाे आग्रह छ ।  मौसम विभागका अनुसार यो कुनै अनिष्ट, अचम्म र चमत्कार नभएर सामान्य मौसमी प्रक्रिया हाे ।

साथै आज  प्रदेश १, प्रदेश २ र बागमती  प्रदेशका एक वा दुई स्थानहरुमा वर्षाको सम्भावना रहेको छ । भने भोली देशभर आंशिकदेखि सामान्य बदली  रही  केही  स्थानहरुमा मेघगर्जन/चट्याङ्गसहित हल्कादेखि भारी वर्षाको सम्भावना रहेको छ । 


कस्तो लाग्यो ?

यो पनि