बैशाख १४, २०८१, शुक्रबार
               

अमेरिकामा टिकटकको सर्वाधिकार किन्दै माइक्रोसफ्ट

नेपाल फ्ल्यास
साउन १९, २०७७

ADVERTISEMENT

माइक्रोसफ्टले चिनियाँ भिडियो सेयरिङ एप टिकटकको अमेरिकाका लागि अधिकार किन्ने तयारी थालेको छ । माइक्रोसफ्टका कार्यकारी निर्देशक सत्य नन्डेलाले आइतबार राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको वार्तामा उक्त जानकारी दिएका हुन् ।

नन्डेलाले राष्ट्रपतिको चासोलाई सम्बोधन गर्न टिकटकको अमेरिकी सर्वाधिकार खरिद् गर्न खोजेका बताएका हुन् । उनले टिकटकको सुरक्षा प्रावधान बारे समीक्षा समेत गर्ने बताएका छन् । ट्रम्पलाई उनले अमेरिकी टिकटक प्रयोगकर्ताको निजी जानकारीहरू अमेरिकामै सीमित र सुरक्षित राख्ने प्रतिबद्धता समेत जनाएका छन् । त्यसका लागि कम्पनीले टिकटकका कारण देशलाई हुने आर्थिक फाइदाको सूची पेस गर्नु पर्नेछ ।

‘टेक जायन्ट’ माइक्रोसफ्ट यस विषयमा टिकटक निर्माण कम्पनी बाइट डान्ससँग छलफल गर्देछ। सेप्टेम्बर १५ मा यस बारे निर्णय हुनसक्ने बिबिसीमा जनाइएको छ। माइक्रोसफ्टले अमेरिकासँगै क्यानडा, अस्ट्रेलिया र न्युजिल्यान्डका लागि खरिद् गर्न चाहन्छ । अमेरिकी लगानीकर्ताहरूलाई साझेदारीका लागि समेत आह्वान गर्ने योजना माइक्रोसफ्टको छ ।

माइक्रोसफ्टले अमेरिकामा टिकटकको अधिकार किनेको खण्डमा यसअघि स्टोर भएका डाटा सर्भरबाटै डिलिट गर्ने बताइएको छ । सत्यले राष्ट्रपतिले जनताको व्यक्तिगत जानकारी र गोपनीयता बारे चासो देखाउनुलाई सकारात्मक रुपमा लिएको बताएका छन् ।


कस्तो लाग्यो ?

यो पनि