बैशाख १५, २०८१, शनिबार
               

वीरगञ्जमा सरकारको उच्चस्तरीय स्वास्थ्य टोली

नेपाल फ्ल्यास
साउन १८, २०७७

ADVERTISEMENT

काठमाडौं । सरकारले कोरोना भाइरस (कोभिड–१९) महामारी फैलिएको पर्साको वीरगञ्‍जमा उच्चस्तरीय स्वास्थ्य टोली पठाएको छ ।

स्वास्थ्य तथा जनसं‌ख्या मन्त्रालयका अनुसार स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दीपेन्द्र रमण सिंहको नेतृत्वमा उच्चस्तरीय टोली प्रदेश २ को वीरगञ्ज पठाइएको हो ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार आवश्यकता परेमा देशका अन्य ठाउँमा पनि उच्च स्तरीय टोली पठाइनेछ ।

पछिल्लो समय वीरगञ्जमा संक्रमितको संख्या अत्यधिक बढिरहेका छन् । 

पर्सामा साउन महिनामा मात्र १० जना भन्दा धेरैले ज्यान गुमाइसकेका छन् ।


कस्तो लाग्यो ?

यो पनि