बैशाख १४, २०८१, शुक्रबार
               

काेरोनामुक्त हुनेकाे संख्या १४ हजार ६०३ जना पुग्यो

नेपाल फ्ल्यास
साउन १८, २०७७

ADVERTISEMENT

काठमाडौं । आइतबार थप १११ जनाले कोरोना जितेर संक्रमणमुक्त भएका छन् ।

देशका विभिन्न अस्पतालबाट उनीहरू निको भएर घर फर्किएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । 

यो सहित नेपालमा हालसम्म १४ हजार ६०३ जनाले काेरोना जितेर घर फर्केका हुन् ।

साथै ५ हजार ६७२ जना संक्रमितको उपचार भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । 


कस्तो लाग्यो ?

यो पनि