बैशाख १५, २०८१, शनिबार
               

डडेल्धुराको सेती नदीमा बगेर दुईजना बेपत्ता

नेपाल फ्ल्यास
साउन १७, २०७७

ADVERTISEMENT

काठमाडौं । डडेल्धुराको सेती नदीमा बगेर दुईजना बेपत्ता भएका छन् । अस्पतालको प्रयोगशालामा कार्यरत विनयबहादुर सिंह र हरि जोशी बेपत्ता भएका हुन्।

उनीहरु डडेलधुरा अस्पताल डडेल्धुरामा कार्यरत स्वास्थ्यकर्मी  रहेको बताइएको छ । 

शनिबार बिहान डोटीमा रहेको शैलेश्वरी मन्दिरको दर्शन गर्न गएका उनीहरु फर्किने क्रममा गर्मी भएर सेती नदीमा नुहाउन जाँदा नदीले बगाएको जनाइएको छ । 

सो टोलीमा सहभागी अर्का प्रेम ठगुन्नाको भने उद्धार गरिएको बताइएको छ । 

जिल्ला प्रहरीकार्यालय डोटीबाट खटिएको प्रहरी टोली, पिपल्ला, तिल्ताली, चमराचौतारा, वाइल र तल्कोट बझाङ्गबाट खटिएको प्रहरीको टोलीले बेपत्ता उनीहरुको खोजी कार्य गरिरहेको छ।

शिखर नगरपालिका- १० गहनान भन्ने ठाँउबाट शनिबार दिउसो सवा दुई बजेतिर सेतीले बगाएको प्रहरीले जनाएको छ।


कस्तो लाग्यो ?

यो पनि