बैशाख १५, २०८१, शनिबार
               

जगदम्बा इन्टरप्राइजेज सिल, लुकाइ-छिपाई मजदुर आयात

नेपाल फ्ल्यास
साउन १३, २०७७

ADVERTISEMENT

वीरगञ्ज । पर्सामा रहेको जगदम्बा इन्टरप्राइजेज सिल गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय पर्साले जगदम्बा इन्टरप्राइजेज सिल गरेको हो । उद्योगका प्रमुख कार्यकारी अधिकृतसहित चार जनामा कोरोना संक्रमण पुष्टि भएपछि उद्योग सिल गरिएको हो ।

अर्को सूचना जारी नभएसम्मका लागि स्थानीय जनप्रतिनिधि तथा सुरक्षाकर्मीको अनुमति विना उद्योग प्रवेशमा रोक लगाइएको सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जानकारी दिए ।

मानिसहरुको आवातजावत बन्द गरिएको समयमा समेत जगदम्बा इन्टरप्राइजेजले भारतबाट लुकाइ छिपाई मजदुर ल्याएर काम गराइरहेको पाइएको उनले बताए । 

प्रजिअ बस्नेतले भने, ‘उद्योगमा कार्यरत एकजना संक्रमितको ट्रेसिङमा परेका थप तीन जनामा कोरोना संक्रमण पुष्टि भएपछि उद्योग सिल गरेका हौं ।’

जगदम्बा इन्टरप्राइजेजमा कार्यरत ४८, ५६ र २६ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको छ । गत साउन ६ गते जगदम्बामा कार्यरत ५६ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको थियो । उनी कोरोना अस्पतालको आईसीयूमा कक्षमा उपचाररत छन् ।


कस्तो लाग्यो ?

यो पनि