बैशाख १५, २०८१, शनिबार
               

बालुवाटारमा ओली-प्रचण्डबीच छलफल सुरु

नेपाल फ्ल्यास
असार ३१, २०७७

ADVERTISEMENT

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र बढ्दै गएको विवाद समाधान गर्न प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफल सुरु भएको छ । 

प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाका अनुसार, प्रधानमन्त्रीको सरकारी निवास बालुवाटामा बुधबार बिहान दुई अध्यक्षबीच छलफल (वार्ता) सुरु भएको हो ।

ओली र प्रचण्डबीच हिजो (मंगलबार) पनि करिब डेढ घण्टा छलफल भएको थियो । 

असार १० गतेबाट सुरु भएको स्थायी कमिटी बैठकमा बहुमत सदस्यले ओलीको राजीनामा मागे पनि ओली राजीनामा नदिने अडानमा छन् ।

यसबीचमा स्थायी कमिटी बैठक नै स्थगित गरेर ओली र प्रचण्डबीच पटक पटक वार्ता भए पनि सहमति हुन भने सकेको छैन । 

ओलीले अध्यक्ष र प्रधानमन्त्री दुवै पदबाट राजीनामा दिनुपर्ने अधिकांश नेताहरुको माग छ ।

यो पनि