बैशाख २०, २०८१, बिहीबार
               

ज्योतिष हुँ भन्दै गलत अफवाह फैलाउने अर्जुन क्षेत्री फेरि पक्राउ

नेपाल फ्ल्यास
असार २६, २०७७

ADVERTISEMENT

काठमाडौं । सामाजिक सञ्जाललगायतमा आफूलाई ज्योतिष हुँ भन्दै अफवाह फैलाएर ठगी गर्ने अर्जुन क्षेत्रीलाई फेरि अख्तियारले पक्राउ गरेको छ ।

यसभन्दा अघि पनि पक्राउ परेका क्षेत्रीले आफूलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सहसचिव भन्दै ठगी गर्दै हिँडेकोले पक्राउ गरिएको अख्तियारले जनाएको छ । क्षेत्रीसहित ९ जनालाई अख्तियारको केन्द्रीय कार्यालय टंगालको टोलीले पक्राउ गरेको हो ।

अख्तियारका अनुसार नेपाल विद्युत प्राधिकरणले खरिद गरेको जग्गामा घोटाला भयो भन्दै उनीहरूले चार करोडको मागेका थिए । उनीहरुको डिल ५० लाख रुपैयाँमा मिलेको थियो ।

उक्त रकम लिन गएका बेला उनीहरूलाई पक्राउ गरिएको र थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ । क्षेत्रीले आफू अख्तियारकै सचिव हुँ भन्दै ठगी गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको अख्तियारले जनाएको छ ।

यो पनि