बैशाख १५, २०८१, शनिबार
               

सुनको मूल्य अहिलेसम्मकै महँगो

नेपाल फ्ल्यास
असार २५, २०७७

ADVERTISEMENT

काठमाडौं । पछिल्लो तीन दिनयता निरन्तर उकालो लागेको सुनको मूल्य अहिलेसम्मकै सर्वाधिक कायम भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (बिहीबार) छापावाल सुन प्रतितोला ९०० रुपैयाँ बढेर ९२ हजार ४०० रुपैयाँ कायम भएको छ । हिजो (बुधबार) यसको मूल्य ९१ हजार ५०० रुपैयाँ कायम थियो ।

सुनको मूल्य मंगलबारयता निरन्तर उकालो लागेको छ। गत सोमबार ९० हजार २०० रुपैयाँ रहेको सुनको मूल्य मंगलबार ९० हजार ९०० रुपैयाँ तोकिएको थियो ।

यसअघि यही असार १७ गते सुनको मूल्य सर्वाधिक कायम भएको थियो । उक्त दिन छापावाल सुन प्रतितोला ९१ हजार ७०० रुपैयाँ कायम भएको थियो ।

सुनचाँदी व्यवसायी महासंघका अनुसार तेजाबी सुन प्रतितोला ९१ हजार ९६५ रुपैयाँ कायम भएको छ ।

यसअघि हिजो यसको मूल्य ९१ हजार ६० रुपैयाँ तोकिएको थियो । 

चाँदीको मूल्य पनि अहिलेसम्मकै सर्वाधिक प्रतितोला ९८० रुपैयाँ निर्धारण गरिएको छ ।


कस्तो लाग्यो ?

यो पनि