काठमाडौं । नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड शीतल निवास पुगेका छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न अध्यक्ष प्रचण्ड राष्ट्रपनि भवन शीतल निवास पुगेका हुन् ।
बालुवाटारमा पार्टीको आन्तरिक छलफल भइरहेको बेला प्रचण्ड राष्ट्रपतिलाई भेट्न शीतल निवास पुगेका हुन् ।
यसअघि आजै बिहान प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति भण्डारीसँग भेटवार्ता गरेका थिए ।
अर्का अध्यक्ष केपी शर्मा ओलीसँग बालुवाटारमा कुनै संवाद हुन नसकेपछि प्रचण्ड राष्ट्रपतिलाई भेट्न शीतल निवास पुगेका हुन् ।
यसैबीच, राष्ट्रपति भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा संघीय संसदको वर्षे अधिवेशन अन्त्य गरेकी छिन् ।