बैशाख २०, २०८१, बिहीबार
               

ट्विटमा डिसलाइकको फिचर ल्याउँदै ट्विटर

नेपाल फ्ल्यास
साउन १२, २०७८

ADVERTISEMENT

काठमाडाैं । ट्विटरले एक नयाँ फिचर थप गर्दैछ जस अनुसार अब ट्विटर प्रयोगकर्ताले कुनै ट्विटमा लाइक मात्र होइन डिसलाइक पनि गर्न सक्नेछन् ।

ट्विटरले ट्विटमा अपभोट तथा डाउनभोट फिचरको परीक्षण गरिरहेको छ । डाउनभोट भनेको यस्तो फिचर हो जसमा प्रयोगकर्ताले कुनै पनि ट्विटमा डिसलाइक गर्न सक्दछन् ।

यसका साथै ट्वीटरले भ्वाइस ट्रान्सर्फमर फिचर पनि थप गर्दैछ । जसले प्रयोगकर्ताले कुनै पनि समारोह आयोजना गर्दाका बखत आफ्नो आवाज परिवर्तन गर्नका लागि अनेक खालका आवाजहरुको उपयोग गर्न सक्दछ  ।

ट्विटर सपोर्टद्धारा पोष्ट गरिएको एक ट्वीटमा कम्पनीले हाल यी फिचरहरु केही आईओएस प्रयोगकर्ताहरुका लागि परीक्षण गरिरहेको जनाएको छ । एन्ड्रोइड प्रयोगकर्ताले भने यो फिचरको परीक्षण गर्न पाउनका लागि केही समय कुर्नुपर्नेछ ।

 


कस्तो लाग्यो ?

यो पनि