बैशाख ११, २०८१, मंगलबार
               

ह्याकरकाे हतियार 'फ्रि कम्प्युटर गेम'

नेपाल फ्ल्यास
असार ११, २०७८

ADVERTISEMENT

ह्याकरहरूले धनी बन्नका लागि कम्प्युटर गेममा मालवेयर भनिने खराब प्रोग्राम लुकाएर बाँड्न थालेका छन्। ग्य्रान्ड थेप्ट अटो भी, एनबीए २के१९ र प्रो इभोलुसन सकर २०१९ जस्ता कम्प्युटर गेमहरू ह्याकरहरूले इन्टरनेटमा सित्तैमा राखेका छन्।

सित्तैमा डाउनलोड गर्न मिल्ने त्यस्ता गेमहरूलाई बिगारेर त्यसमा क्य्राकनोश भनिने क्रिप्टोकरेन्सी माइनिङ गर्ने कोड राखिएको र ती गेमहरू डाउनलोड भएपछि त्यसले थाहा नपाउने गरी काम डिजिटल मुद्रा उत्पादन गर्न थाल्ने बताइएको बिबिसीले जनाएकाे छ । 

ह्याकरहरूले यो कार्यबाट अहिलेसम्म २० लाख अमेरिकी डलर बराबर रकम कमाएको अध्ययनकर्ताहरूले बताएका छन्। अभास्टमा अध्ययनकर्ताहरूले प्रतिदिन ८०० नयाँ कम्प्युटरमा क्य्राकनोश देखिन थालेको बताएका छन्

उनीहरूले भेटेको सङ्ख्या अभास्ट एन्टिभाइरस भएका कम्प्युटरहरूका मात्रै हुन् यसर्थ क्य्राकनोशको असर अझै धेरै हुनसक्ने बताइएको छ। अहिलेसम्म क्य्राकनोश नेपालसहित एक दर्जनभन्दा बढी देशमा भेटिएको छ। तीमध्ये सबैभन्दा धेरै भेटिएका देशहरू यसप्रकार छन्:

  • फिलिपिन्स: १८,४४८ कम्प्युटर
  • ब्रजिल: १६,५८४ कम्प्युटर
  • भारत: १३,७७९ कम्प्युटर
  • पोल्यान्ड: १२,७२७ कम्प्युटर
  • अमेरिका: ११,८५६ कम्प्युटर

कम्प्युटरमा क्य्राकनोश बसेपछि यसले विन्डोजलाई अपडेट नहुने बनाउँछ र सबै एन्टिभाइरसलाई मेट्छ।

कम्प्युटरमा क्रिप्टोकरेन्सी माइनिङ हुन थालेपछि देखिने असरहरू यस्ता छन्:

  • कम्प्युटर सुस्त हुन्छन्
  • धेरै प्रयोग भएर हार्डवेयर र प्रशोधन उपकरणहरू थोत्रा हुन्छन्
  • कम्प्युटरले धेरै ऊर्जा खपत गर्छ

"क्य्राकनोशले पैसा तिरेर किन्नुपर्ने गेमहरू सित्तैमा खोज्दा त्यसले मालवेयर जस्तो हानिकारक प्रोग्राम पनि आउने देखाएको छ." अभास्टका क्रिस्टोफर बडले भने। "र यो ह्याकरहरूका लागि धेरै फाइदाजनक छ।" अध्ययनबाट यस दुरुपयोगबाट ह्याकरहरूले २० लाख अमेरिकी डलर बराबरको मोनेरो क्रिप्टोकरेन्सी कमाएको देखिएको अभास्टले जनाएको छ।

अभास्टले क्य्राकनोशको उत्पत्ति चेक गणतन्त्रमा भएको शङ्का गरेका छन्। पछिल्लो साइबर जोखिम प्रतिवेदनमा अकामाइले सन् २०१९ देखि कम्प्युटर गेमका सौखिनहरूमाथि साइबर हमला ३४० प्रतिशतले बढेको बताएको छ।


कस्तो लाग्यो ?

यो पनि