बैशाख १३, २०८१, बिहीबार
               

बेनेलीले नयाँ वर्षमा ल्यायो पावरफुल बाइक

नेपाल फ्ल्यास
चैत २८, २०७७

ADVERTISEMENT

नेपाली बजारमा लोकप्रिय मोटरसाइकल कम्पनी बेनेलीले नयाँ वर्षकाे अवशरमा नयाँ मोटरसाइकल सार्वजनिक गरेको छ । इन्ट्री लेवल कारभन्दा पावरफुल इन्जिन भएको नयाँ मोटरसाइकल ‘७५२ एस’को नेपालमा विक्री सुरु गरेकाे हाे ।

नेपालका लागि बेनेली मोटरसाइकलको आधिकरिक वितरक केटीएम इन्टरनेशनल ट्रेडिङले बेनेली ७५२एसलाई नेपाली बजारमा ल्याएकाे हाे ।

इटालियन मोटरसाइकल निर्माता कम्पनी बेनेलीको मिडसाइज नेकेड मोटरसाइकल ७५२ एसमा ७५० सीसी डबल सिलिन्डर,लिक्वीड कुल्ड इन्जिन दिइएको छ । जसले ८५०० आरपीएमा ७६ हर्सपावर र ६५०० आरपीएममा ६७ एनएम टर्क जेनेरेट गर्छ । यसले प्रदान गर्ने पावर धेरै इन्ट्री लेवल कारभन्दा धेरै हो ।

६ स्पीडको गियरबक्स फ्रन्टमा अपसाइड डाउन फर्क र रियरमा एड्जष्टएबल मोनोशक सस्पेन्सन , फ्रन्टमा ३२० एमएमको डबल डिस्क र रियरमा २६० एमएमको फोर पिस्टन क्यालिपर ब्रेक बिशेषता रहेको छ ।

त्यस्तै १७ इन्च आल्मुनियम अलाय रिम, १७ इन्च टायर,१४ लिटर क्षमताको फ्युल ट्याङक, अटोमेटिक चेन्ज हुने टीएफटी डिस्प्ले, एलएडी हेडल्याम्प, एबीएस जस्ता फिचर दिइएको कम्पनीले जनाएको छ । नेपाली बजारमा यो मोटरसाइकलको मूल्य २५ लाख १५ हजार रुपैयाँ तोकिएको छ ।


कस्तो लाग्यो ?

यो पनि