बैशाख १४, २०८१, शुक्रबार
               

शे–फोक्सुण्डो ताल क्षेत्रमा निशुल्क इन्टरनेट

नेपाल फ्ल्यास
चैत ०९, २०७७

ADVERTISEMENT

डोल्पा । निजी क्षेत्रको इन्टरनेट सेवा प्रदायक वर्ल्ड लिंकले डोल्पास्थित शे–फोक्सुण्डो गाउँपालिका–८ मा पर्ने शे–फोक्सुण्डो ताल क्षेत्रमा निशुल्क इन्टरनेट सेवा जडान गरेको छ ।

सुन्दर पर्यटकीय गन्तव्य भएर पनि फोक्सुण्डो ताल ओझेलमा परेकाले थोरै भए पनि प्रसार–प्रसार होस् भनेर तालनजिकै निःशुल्क इन्टरनेट सेवा जडान गरिएको कम्पनीले जनाएको छ ।

इन्टरनेट प्रयोग गर्ने व्यक्तिले एक दिनमा निःशुल्क ५०० एमबी प्रयोग गर्नसक्ने कम्पनीका प्राविधिक उमाकान्त क्षेत्रीले जानकारी दिए ।

निःशुल्क इन्टरनेट जडानसँगै फोक्सुण्डो ताल घुम्न आउने पर्यटकका लागि सञ्चार सम्पर्कमा रहन सहज हुनाका साथै पर्यटकले मनोरञ्जन लिनसक्ने क्षेत्रीको भनाइ छ ।


कस्तो लाग्यो ?

यो पनि