मंसिर ०७, २०८१, शुक्रबार
               

ई–क्यानको शैक्षिक मेला अनलाइन मार्फत्

नेपाल फ्ल्यास
पुस ०१, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) ले यसपटकको बृहत शैक्षिक मेला अनलाइन मार्फत् आयोजना गर्ने भएको छ । इक्यानका अनुसार १४औं बृहत शैक्षिक मेला आगामी माघ २ गते देखि ५ सम्म अनलाइन मार्फत् सञ्चालन हुनेछ ।

इक्यानले कोरोना महामारीका कारण समयमा आयोजना हुन नसकेको तथा मेला भौतिकरुपमा उपस्थित हुने अवस्था नभएकाले अनलाइन मार्फत् गरेर भएपनि विद्यार्थी, अभिभावक लगायतलाई जानकारी दिने उद्देश्य लिएको छ ।

कोरोना भाइरसको महामारीका कारण भौतिक रुपमा उपस्थित हुने अवस्था नरहेकाले अनलाइन मार्फत् बृहत शैक्षिक मेला आयोजना गरी सम्पूर्ण जानकारी दिन लागिएको इक्यानका अध्यक्ष प्रकाश पाण्डेले जानकारी दिए ।

अध्यक्ष पाण्डेका अनुसार अनलाइन मेलामा उच्च शिक्षाका लागि विदेश जान चाहने विद्यार्थी, उनीहरुका अभिभावक तथा सरोकारवाला पक्षहरुले सहभागी भइ विभिन्न प्रकारका शैक्षिक जानकारी लिन र जिज्ञाशा मेट्न सक्ने छन् ।

अनलाइन मार्फत् आयोजना हुने मेलामा विद्यार्थी तथा अभिभावकहरुले विगतमा जस्तै विभिन्न देशमा रहेका विश्वविद्यालय, कलेज, अध्ययनका लागि लाग्ने शुल्क, भिसा प्रक्रिया, छात्रवृत्तिका बारेमा जानकारी लिनुका साथै त्यसका लागि लाग्ने आवश्यक प्रक्रिया बारे जानकारी लिन सक्ने ईक्यानका महासचिव दिपक राज भुसालले बताए ।

यसपटक विगतका वर्षमा भन्दा शैक्षिक मेला पृथक हुनेछ । ‘हाल नेपाल मात्रै नभइ हाम्रा शैक्षिक गन्तव्य भएका मुलुकहरु पनि कोरोना महामारीको चपेटामा परेकाले यसपटक विद्यार्थी तथा अभिभावकलाई कोरोनाको कारणले थपिएको चुनौती, त्यसबाट सम्बन्धित देशमा परेको असर र त्यसपछिको सम्भावनाका बारेमा विस्तृत जानकारी दिइनेछ,’ महासचिव भुसालले भने ।

मेलामा एजुकेशन प्रोभाइडर र शैक्षिक मेलामा सहभागी परामर्शदातृ व्यवसायी विच अन्तरक्रिया कार्यक्रम समेत आयोजना गरिनेछ । इक्यानले मेलामा विद्यार्थी तथा अभिभावक कसरी सहभागी हुने भन्ने विषयमा विस्तृत रुपमा क्रमसः जानकारी उपलब्ध गराइने ईक्यान मेला विभाग प्रमुख बासुदेव दाहालले बताए ।

कोरोना महामारीका कारण लामो समयदेखि शैक्षिक परामर्श दातृ संस्थाहरु खुल्न सकेका छैनन् भने विद्यार्थीहरु पनि भौतिकरुपमा उपस्थित भएर आवश्यक जानकारी लिन पाएका छैनन् । यस्तो अवस्थामा अनलाइनबाट मेला आयोजना हुने भएपछि घरमै बसेर सबै विद्यार्थी र अभिभावकले यसबारेमा जानकारी लिने अवसर प्राप्त भएको दाहालको भनाइ छ ।

अनलाइन माध्यमबाट आयोजना हुने मेलाको व्यवस्थापन वन अपले गर्ने भएको छ । अनलाइन शैक्षिक मेलामा १५० भन्दाबढी कम्पनीको सहभागिता रहने इक्यानले जानकारी दिएको छ ।


कस्तो लाग्यो ?

यो पनि