बैशाख २५, २०८१, मंगलबार
               

विन्डोज अपरेटिङ सिस्टमले पूरा गर्‍यो २५ वर्ष

नेपाल फ्ल्यास
भदौ १०, २०७७

ADVERTISEMENT

माइक्रोसफ्टको कम्प्युटर अपरेटिङ सिस्टम विन्डोजले २५ वर्ष पूरा गरेको छ । २५ वर्षअघि सन् १९९५ अगष्ट २४ का दिन माइक्रोसफ्टले पहिलो प्रयोगकर्तामैत्री विन्डोज अपरेटिङ सिस्टमको रुपमा विन्डोज ९५ ल्याएको थियो ।

कम्प्युटर जगतमा निकै ठूलो लोकप्रियता तथा तहल्का मच्चाउन सफल भएको विन्डोज ९५ लाई माइक्रोसफ्टका सहसस्थापक बिल गेट्स र जे लेनोले घोषणा गरेका थिए ।

विन्डोज ९५ लाई माइक्रोसफ्टको पहिलो युजर फ्रेन्डली अपरेटिङ सिस्टम मानिन्छ । थुप्रै रुचीकरण फिचरहरुका कारण पर्सनल कम्प्युटर प्रयोगकर्ताबीच यो निकै नै लोकप्रिय बनेको थियो । विन्डोज ९५ को २५ औँ वर्षगाँठका अवसरमा माइक्रोसफ्टले एक भिडियो शेयर गरेको छ, जसमा विन्डोज अपरेटिङ सिस्टमको क्रमाग विकास देखाइएको छ ।

विन्डोज इनसाइडर प्रोग्रामका वरिष्ठ कार्यक्रम व्यवस्थापक ब्राण्डन ले ब्लान्कले एक ब्लग पोष्टमा भनेका छन्, ‘सन् १९९५ को अगष्ट २४ मा लञ्च हुँदा विन्डोज ९५ ले कम्प्युटर प्रयोगकर्ताका लागि निकै उत्कृष्ट अनुभव लिएर आएको थियो  । 

Start Menu तथा Taskbar जस्ता त्यसका कतिपय फिचरहरु कम्प्युटर प्रयोगकर्ताले अहिलेसम्म पनि प्रयोग गर्दै आएका छन् । पछिल्लो २५ वर्षमा हामीले ती अनुभवलाई विकास गर्दै लगेका छौँ र उन्नयनको सम्वृद्ध इतिहास निर्माण गरेका छौँ ।’


कस्तो लाग्यो ?

यो पनि