बैशाख २३, २०८१, आइतबार
               

बार्सिलोनाको जित

नेपाल फ्ल्यास
असोज ०७, २०८०

ADVERTISEMENT

काठमाडौं । बार्सिलोनाले स्पेनिस लिगमा जित निकालेको छ । शनिबार राति बार्सिलोनाले सेल्टा भिगोलाई ३–२ को पुनरागमन जित निकालेको हो । 

७६ औं मिनेटसम्म २–० ले पछि परेको अवस्थालाई उल्ट्याउँदै बार्सिलोनाले ३–२ को जित निकाल्न सफल रह्यो । घरेलु मैदानमा अन्तिम १० मिनेटमा तीन गोल गर्दै बार्सिलोनाले महत्वपुर्ण तीन अंक जोड्यो ।
लेवान्डोस्कीले ८१ औं मिनेटमा बार्सिलोनाका लागि पहिलो गोल गरेका थिए । त्यसको चार मिनेटपछि उनले बार्सिलोनालाई बराबरीमा ल्याएका थिए । पहिलो गोल गर्न जोआओ फिलिक्सको पास सदुपयोग गरेका लेवान्डोस्कीलाई कान्सेलोले दोस्रो पास उपलब्ध गराएका थिए । खेल सकिन एक मिनेट अघि गाभीको पासलाई सदुपयोग गर्दै कान्सेलोले बार्सिलोनाका लागि विजयी गोल गरे ।

जोर्गेन स्ट्रेन्ड लार्सनले १९ औं मिनेटमा पाहुना टोली सेल्टा भिगोलाई अग्रता दिलाएका थिए । खेलको ७६ औं मिनेटमा टासोस डौविकसले पाहुना टोलीको अग्रता दोब्बर पार्ने काम गरेका थिए ।

जित सहित बार्सिलोना लिगको तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । उसले ६ खेलबाट १६ अंक जोडेको छ । तेस्रो स्थानमा रहेको रियल मड्रिडको १६ अंक छ । उसले बार्सिलोना भन्दा एक खेल कम खेलेको छ । सेल्टा भिगो ४ अंक सहित रेलिगेशन जोन भन्दा एक स्थानमाथि छ ।
 


कस्तो लाग्यो ?

यो पनि