बैशाख २३, २०८१, आइतबार
               

च्याम्पियन्स लिग: पहिलो खेलमा बार्सिलोनाको फराकिलो जित

नेपाल फ्ल्यास
असोज ०३, २०८०

ADVERTISEMENT

काठमाडौं ।  स्पेनिस क्लब बार्सिलोनाले च्याम्पियन्स लिगमा फराकिलो जित निकालेको छ । 

फराकिलो जित हात पार्ने क्रममा बार्सिलोनाले बेल्जियम क्लब रोयल एन्टवेर्पलाई ५—० ले पराजित गरेको छ । घरेलु मैदानमा बार्सिलोनाको जितमा जोओ फेलिक्सले २ तथा रोबर्ट लेवान्डोस्की र गाभीले समान १—१ गोल गरे । 

खेलको ११ औं मिनेटमा फेलिक्सको गोलमार्फत अग्रता लिन सफल भयो । 

१९ औं मिनेटमा रोबर्ट लेवान्डोस्की गोल गर्दै बार्सिलोनाको अन्तर दोब्बर बनाए ।

बार्सिलोनाका लागि २२ औं मिनेटमा एन्टर्वपेका बाटेइलीले आत्मघाती गोल उपाहार स्वरुप दिएका थिए । 

५४ औं मिनेटमा गाभीले र ६६ औं मिनेटमा फेलिक्सले ब्यक्तिगत दोस्रो गोल गर्दै टिमलाई फराकिलो जित दिलाए ।

जितसँगै समूह एच मा बार्सिलोना शीर्ष स्थानमा छ । पराजित एन्टवेर्प चौथो स्थानमा रहेको छ ।
 


कस्तो लाग्यो ?

यो पनि