बैशाख २३, २०८१, आइतबार
               

गोलको वर्षा, बार्सिलोना विजयी

नेपाल फ्ल्यास
भदौ ११, २०८०

ADVERTISEMENT

काठमाडौं । खेल अवधिभर सात गोलको वर्षा भएको खेलमा बार्सिलोनाले स्पेनिस लिगमा जित हात पारेको छ ।  

आईतबार भिल्ला रियलको मैदानमा ७ गोल निस्किएको खेलमा बार्सिलोनाले ४–३ को जित निकाल्न सफल भएको हो । बार्सिलोनालाई जित दिलाउने अन्तिम गोल भने रोबर्ट लेवान्डोस्कीले गरे । त्यसको तीन मिनेट अघि फेरान टोरेसले बराबरी गोल फर्काएका थिए ।

खेलमा २–० ले पछि परेको अवस्थामा घरेलु टोली भिल्ला रियलले खेलको ५० औं मिनेटमा आइपुग्दा ३–२ को अग्रता लिएको थियो । जसमा घरेलु टोलीका लागि जुआन फोयथ, अलेक्जेन्डर सोरलोथ र एलेक्स बेनले लगातार तीन गोल गरेका थिए ।

खेलको सुरुआतमै जाभी र फ्रेन्क डि जोङको गोलमा बार्सिलोनाले अग्रता बनाएको थियो । जाभीले गोल गर्ने क्रममा लामिनी यामलको पास सदुपयोग गरेका थिए । यामल स्पेनिस लिगको २१ औं सताब्दिमा गोलका लागि अन्तिम पास उपलब्ध गराउने सबैभन्दा कम उमेरका खेलाडी बनेका छन् । 

बार्सिलोनाले स्पेनिस लिगको सुरुआती तीन खेलबाट ७ अंक जोडेको छ । शीर्ष स्थानको रियल मड्रिड भन्दा दुई अंकले पछि परेको छ । 
 
 


कस्तो लाग्यो ?

यो पनि