बैशाख २२, २०८१, शनिबार
               

दोस्रो हाफमा मैदान प्रवेश
मेस्सीको डेब्यु गोल, मियामीको जित

नेपाल फ्ल्यास
भदौ १०, २०८०

ADVERTISEMENT

काठमाडौं । अमेरिकामा जारी मेजर लिग सकरमा कप्तान लियोनेल मेस्सीको डेब्यु गोलमा इन्टर मियामीले खेल जितेको छ । 

आज बिहान भएको खेलमा मियामीले न्युर्योक आरबीलाई २—० गोलअन्तरले हराएको हो । कप्तान लियोनेल मेस्सीले लिगको पहिलो गरेका छन् । उनले मियामीका लागि ८९ औं मिनेटमा दोस्रो गोल गरेका थिए । 

डिएगो गोमेजको गोलमा मियामीले ३७ औं मिनेटमा अग्रता लिएको थियो । 

यस जितसँगै मियामी २३ खेलमा २१ अंक जोड्दै १४ औं स्थानमा उक्लिएको छ।
 


कस्तो लाग्यो ?

यो पनि