बैशाख २३, २०८१, आइतबार
               

बार्सिलोनाको संघर्षपूर्ण जित

नेपाल फ्ल्यास
भदौ ०४, २०८०

ADVERTISEMENT

काठमाडौं । आईतबार राति बार्सिलोना सहरमै अवस्थित ओलिम्पिक स्टेडियममा सम्पन्न खेलमा बार्सिलोनाले काडिजविरुद्ध जित निकाल्न सफल भएको हो । 
काडिजविरुद्ध भने २—० को जित निकाल्न सफल बार्साले  पहिलो खेल भने बराबरी खेलेको थियो ।  बार्सिलोनाको जितमा पेद्री र फेरान टोरेसले समान १—१ गोल गरे ।

बार्सिलोनाको दुवै गोल दास्रो हाफमा गरेको थियो । ८२ औं मिनेटमा पेद्रीले पहिलो गोल गरे ।

त्यसपछि खेलको अन्तिममा अतिरिक्त समयको चौथो मिनेटमा फेरान टोरेसले एक गोल थप्दै बार्सिलोनाको जित दिलाएका थिए । 

यो सँगै बार्सिलोनाको दुई खेलमा चार अंक बटुलेको छ ।  
 


कस्तो लाग्यो ?

यो पनि