बैशाख २२, २०८१, शनिबार
               

मियामीलाई इतिहासकै पहिलो उपाधि
विश्व कीर्तिमान कायम गर्न सफल मेस्सी

नेपाल फ्ल्यास
भदौ ०३, २०८०

ADVERTISEMENT

लिओनेल मेस्सीको कप्तानीमा रहेको इन्टर मियामीले लिग्स कप २०२३ को उपाधि चुमेको छ । 

शनिबार सम्पन्न फाइनलमा नाशभिल एफसीलाई सडन डेथमा पराजित गर्दै इन्टर मियामीले इतिहासकै पहिलो उपाधि जितेको हो ।निर्धारित समयको खेल १—१ को बराबरीमा सकिएपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको थियो ।

टाइब्रेकरमा पनि खेल बराबरी भए पछि खेलको निर्णय सडन डेथबाट लिईएको थियो ।

निर्धारित समयको २३ औं मिनेटमा मेस्सीले उत्कृष्ट गोल गर्दै मायमीलाई उपाधितर्फ लम्काएका थिए ।

तर, नाशभिलका लागि ५७ औं मिनेटमा फाफा पिकाल्टले बराबरी गोल फर्काए ।

सन् २०२० मा स्थापित इन्टर मियामीको इतिहासकै पहिलो उपाधि हो ।
 


कस्तो लाग्यो ?

यो पनि