बैशाख १६, २०८१, आइतबार
               

ग्याम्पर ट्रफी बार्सिलोनालाई

नेपाल फ्ल्यास
साउन २५, २०८०

ADVERTISEMENT

काठमाडौं । स्पेनिस क्लब बार्सिलोनाले जोन ग्याम्पर ट्रफी जितेको छ । गए राति भएको खेलमा इङ्लिस क्लब टोटनहमलाई ४–२ गोल अन्तरले हराउँदै बार्सिलोनाले ट्रफी जितेको हो ।  


लुइस कम्पनी ओलम्पिक रंगशालामा बार्सिलोनालाई जित दिलाउन रोबर्ट लेवान्डोस्की, फेरान टोरेस, अन्सु फाती र अब्दे इज्जलजौलीले एक–एक गोल गरे । टोटनहमका लागि दुवै गोल ओलिभर स्किपले गरे ।लेवान्डोस्कीले खेलको तेस्रो मिनेटमा गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । टोटेनहमका लागि खेलको २४औं मिनेटमा स्किपले बराबरी गोल फर्काएका थिए । 

 
स्किपले खेलको ३६औं मिनेटमा ब्यक्तिगत दोस्रो गोल गर्दै टोटेनहमलाई २–१ को अग्रता दिलाए । खेलको ८१औं मिनेटमा टोरेसले गोल गर्दै बार्सिलोनालाई २–२ को बराबरीमा ल्याएका हुन् ।


बार्सिलोनाका लागि खेलको ९० औं मिनेटमा फातीले गोल गर्दै टिमलाई ३–२ को अग्रता दिलाए । खेलको इन्जुरी समयमा बार्सिलोनाका लागि इज्जलजौलीले गोल गर्दै टिमलाई ४–२ गोलको जित दिलाए । 


कस्तो लाग्यो ?

यो पनि