बैशाख १६, २०८१, आइतबार
               

महिला विश्वकप फुटबल: अमेरिका प्रिक्वार्टरफाइनलमा

नेपाल फ्ल्यास
साउन १६, २०८०

ADVERTISEMENT

काठमाडौँ । साबिक विजेता अमेरिका नवौं महिला विश्वकप फुटबल प्रतियोगिताको नकआउट चरणमा प्रवेश गरेको छ । समूह ‘ई’ अन्तर्गतको आफ्नो अन्तिम खेलमा अमेरिकालाई पोर्चुगलले गोलरहित बराबरीमा रोक्यो । उक्त नतिजापछि अमेरिका समूह उपविजेताका रुपमा प्रिक्वार्टरफाइनलमा पुगेको हो । अमेरिकाले तीन खेलबाट पाँच अंक जोडेको छ । अमेरिका समूहगत चरणमा एक जित र दुई बराबरीको नतिजा निकाल्न सफल भएको छ ।  

उक्त समूहबाट नेदरल्यान्ड्स विजेताका रुपमा नकआउट चरणमा पुग्यो । पोर्चुगल र भियतनाम भने उपाधि होडबाट बाहिरिए । पोर्चुगल तीन खेलबाट चार अंक जोड्दै समूहमा तेस्रो भयो । चौथो स्थानमा रहेको भियतनामले भने अंक बटुल्न सकेन ।
 


कस्तो लाग्यो ?

यो पनि