बैशाख १६, २०८१, आइतबार
               

महिला विश्वकप फुटबल:अन्तिम १६ मा अमेरिका र नेदरल्यान्ड्स

नेपाल फ्ल्यास
साउन १६, २०८०

ADVERTISEMENT

 

काठमाडौं । अमेरिका र नेदरल्यान्ड्स फिफा महिला विश्वकप फुटबलको अन्तिम १६ मा पुगेका छन् ।

आज मङ्गलवार फोर्थिस बार स्टेडियम न्युजिल्यान्डमा भएको खेलमा भियतनामलाई ७–० गोलले हराउँदै नेदरल्यान्ड्स अन्तिम १६ मा प्रवेश गरेको हो ।  नेदरल्यान्ड्सको जितमा इस्मी ब्रुट्स र जिल रुर्डले २ तथा लिके मार्टिन्स, कट्जा स्नोइस र ड्यानिल भान डि डन्कले १ गोल गरिन् । नेदरल्यान्ड्स ७ अङ्कका साथ समूह ई को शीर्ष स्थानमा रहन सफल भयो । भियतनाम कुनै पनि खेल जित्न नसकी प्रतियोगिताबाट बाहिरिएको छ । 

आजै यसै समूहको अर्को खेलमा पोर्चुगलसँग गोलरहित बराबरी खेल्दै अमेरिका पनि अन्तिम १६ मा पुगेको छ । पोर्चुगललाई नकआउट चरणमा जानका लागि आजको खेल जित्नैपर्ने दबाब थियो तर, बराबरीमा रोकिएर समूह चरणबाटै बाहिरिएको छ । अमेरिका ५ अङ्कसहित दोस्रो स्थानमा रहँदा अन्तिम १६ मा पुग्दा पोर्चुगल ४ अङ्कसहित बाहिरियो

महिला विश्वकपमा आजै बेलुका पौने ५ बजे समूह डी का चीन र इङ्ग्ल्यान्ड तथा हैटी र डेनमार्कबीच खेल हुँदैछ । यो समूहमा इङ्ग्ल्यान्ड ६ अङ्कसहित शीर्ष र समान तीन अङ्क भएका डेनमार्क तथा चीन दोस्रो र तेस्रो स्थानमा छन् । इङ्ग्ल्यान्ड अन्तिम १६ मा पुगिसकेको छ । चीनलाई अन्तिम १६ मा पुग्न जितसँगै डेनमार्क र हैटीको नतिजा पनि कुनुपर्नेछ ।
 

यो पनि