बैशाख १६, २०८१, आइतबार
               

आफ्नो आफ्नो मन:स्वारेजको इच्छा मेस्सीसँगै सन्यास लिने

नेपाल फ्ल्यास
साउन १५, २०८०

ADVERTISEMENT

काठमाडौं । उरुग्वेका सुपर स्टार खेलाडी लुइस सुआरेजले आफु र लियोनल मेस्सीले एकसाथ फुटबलबाट सन्यास लिने इच्छा रहेको खुलासा गरेका छन् । अमेरिकी क्लब इन्टर मियामी जान असफल रहेका सुआरेजले दुवैको सन्यास लिने इच्छाबारे यस्तो खुलासा गरेका हुन् ।  

इन्टर मियामीले सात पटकका वालेन डी ओर विजेता मेस्सीलाई अनुबन्धन गरिसकेपछि मेस्सीका पूर्व सहकर्मी सर्जियो बुस्केट र जोर्डी अल्बालाई समेत क्लबमा अनुबन्धन गरेको छ । मियामीले मेस्सीसँगै बार्सिलोनामा चम्किएका खेलाडी सुआरेजलाई समेत अनुबन्धन गर्न चाहेको थियो । तर, सुआरेजको ट्रान्सपर  प्रक्रिया सफल हुन सकेन । सुआरेज खेल्ने उरुग्वेको क्लब ग्रेमियोले मियामीसँग छलफलनै बन्द गरिदिएको छ । तर, मेस्सी र सुआरेज पुन एक साथ खेल्न सक्ने धेरैको अनुमान छ ।‘हामीले सँगै सन्यास लिने सपना देखेका छौं ।’ उरुग्वेका अन्तराष्ट्रिय स्टारले एक अन्तरवार्तामा भनेका छन्।

‘यो यस्तो योजना थियो, जसको हामीले बार्सिलोनामा रहदा बनाएका थियौं । त्यसको एक वर्षपछि एट्लेटिको गए । अर्को वर्ष मेस्सी पीएसजी गए । हामीले यो सपना देखेका थियौं । र यसको बारेमा कुरा गरेका थियौं । बार्सिलोनापछि हामी यूएस जाने छौं । तर, त्यो समय भएन । उनले कहाँ जाने निर्णय लिए, तपाई देख्न सक्नुहुन्छ । उनी खुसी देखिएका छन् । र मलाई लाग्छ, यो सपना पुरा हुनेछ ।’ उनले भने ।

सुआरेजको वर्तमान अवस्थालाई देख्दा, उनी लामो समय खेल्छन् जस्तो देखिदैन । दुवैको एक साथ सन्यास लिने सपना पुरा नहुन सक्छ । तर, अन्तिम पटक दुवै खेलाडीलाई एक पटक सँगै खेलेको हेर्ने समर्थकको इच्छा भने पुरा हुन सक्नेछ ।
 


कस्तो लाग्यो ?

यो पनि