बैशाख १५, २०८१, शनिबार
               

नाइजेरियाको उत्कृष्ट पुनरागमन

नेपाल फ्ल्यास
साउन ११, २०८०

ADVERTISEMENT

काठमाडौं । फिफा महिला विश्वकप फुटबलमा २०२३ मा नाइजेरियाले अस्ट्रेलियालाई हराएको छ ।

आज बिहीवार ब्रिस्वेनमा भएको खेलमा नाइजेरियाले अस्ट्रेलियालाई ३–२ गोलले हरायो । नाइजेरियाका लागि उचेना कानु, ओसिनाची ओहाले र असिसत ओशोआलाले ११ गोल गरिन् । अस्ट्रेलियाका लागि इमिली भान एगमन्ड र अलान्ना केन्नेडीले १—१ गोल गरिन् । एक गोलले पछि परेको नाइजेरियाले उत्कृष्ट पुनरागमन गर्दै अस्ट्रेलियालाई ३–२ गोलले हराएको हो ।

यो जितसँगै नाइजेरिया २ खेलमा ४ अङ्कका साथ समूह बी को शीर्ष स्थानमा छ । आयोजक अस्ट्रेलिया उति नै खेलमा ३ अङ्कसहित तेस्रो स्थानमा छ ।

आजै भएको समूह ुईु को खेलमा पोर्चुगलले भियतनामलाई २–० गोलले हराएको छ । यस्तै समूह ई कै अर्को खेलमा अमेरिका र नेदरल्यान्ड्सले १—१ गोलको बराबरी खेलेका छन् ।

आउँदो अगस्ट २० तारिखसम्म हुने विश्वकपमा ३२ टोलीको सहभागिता रहेको छ । फाइनल खेल सिड्नीमा रहेको स्टेडियम अस्ट्रेलियामा हुनेछ ।
 


कस्तो लाग्यो ?

यो पनि