बैशाख १३, २०८१, बिहीबार
               

कस्तो होला मेसीको विदाइ?

नेपाल फ्ल्यास
मंसिर २९, २०७९

ADVERTISEMENT

अर्जेन्टिनाका कप्तान लियोनल मेसीले कतारमा जारी फिफा विश्वकप २०२२ अन्तिम विश्वकप हुनेछ।

मेसीले २०२६ को विश्वकपमा आफू नहुने बताइसकेका छन्।

जारी विश्वकपमा आफ्नो पहिलो खेलमा साउदी अरबसँगको हारबाहेक अर्जेन्टिनाको यसपटकको यात्रा सुखद देखिएको छ।

उपाधिको दाबेदारको रूपमा हेरिएको क्रोएसियालाई मंगलबार राती खेलमा ३-० गोलले पाखा लगाएपछि अर्जेन्टिना फाइनल पुगेको थियो । 

अन्तिम विश्वकप भनिसकेका अर्जेन्टिनाका कप्तान मेसीका लागि यो सुखद नतिजा हो । पाँचवटा विश्वकप खेलेर आफ्नो देशलाई एउटा पनि उपाधि दिन नसकेका ३५ वर्षीय मेसीको भव्य बिदाइ भने कतार विश्वकपको उपाधि उचाल्नु नै हुनेछ।

त्यसका लागि अझै केही दिन कुर्नु पर्नेछ।

उपाधिका लागि अर्जेन्टिनाले फ्रान्सको सामना गर्नुपर्ने भएको छ।

साबिकको विजेता फ्रान्सका खेलाडी यसपटक पनि फर्ममा देखिएका छन्।  

त्यसैले मेसीको सर्वाधिक खुसीको क्षण आफ्नो कप्तानीमा उपाधि उचाल्नु सम्भावनानजिक भए पनि कम चुनौतीपूर्ण छैन।

अर्जेन्टिनाले सन् १९८६ पछि विश्वकपको उपाधि उचाल्न पाएको छैन। दुई पटकको विश्व विजेता अर्जेन्टिना यसपालि तेस्रो उपाधिनजिक आइपुगेको छ।

नेपालमा अर्जेन्टिनाका समर्थकहरू धेरै रहेको यथार्थ छिपेको छैन । मेसीको खुसीसहितको वा चुकचुकाउने बिदाइ हुनेछ त्यो अब आइतबार राति ८ बजेर ४५ मिनेटमा हुने खेलमा भर पर्नेछ।


कस्तो लाग्यो ?

यो पनि