बैशाख १४, २०८१, शुक्रबार
               

टी २० विश्वकप : पाकिस्तानलाई हराउँदै अस्ट्रेलिया फाइनलमा

नेपाल फ्ल्यास
कात्तिक २६, २०७८

ADVERTISEMENT

म्याथ्यु वेड र मार्कस स्टोइनिस नायक बनेको खेलमा पाकिस्तानलाई हराउँदै अस्ट्रेलिया आईसीसी टी–२० विश्वकप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ ।

बिहीबार राति भएको खेलमा पाकिस्तानले दिएको १७७ रनको लक्ष्य अस्ट्रेलियाले ६ बल बाँकी हुँदा पूरा गरेको हो । 

अस्ट्रेलियाको जितमा म्याथ्यु वेड र मार्कस स्टोइनिस नायक रहे । दुई खेलाडीले  ८१ रनको साझेदारी गर्दै जित दिलाएको थिए । अस्ट्रेलियाका लागि डेभिड वार्नरले सर्वाधिक ४९ रनको योगदान दिए ।

यसअघि आबुधाबीमा टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १७६ रन बनाएको थियो । पाकिस्तानका लागि मोहम्मद रिजवाल सर्वाधिक ६७ र फकर जमानले ५५ रनको  अर्धशतकीय इनिङ्स खेले ।

 विजेता अस्ट्रेलियाले उपाधिका लागि न्युजिल्यान्डसँग आइतबार प्रतिस्पर्धा गर्नेछ । 


कस्तो लाग्यो ?

यो पनि