मंसिर ०७, २०८१, शुक्रबार
               

ए डिभिजन लिग ४ दिन सर्‍याे

नेपाल फ्ल्यास
कात्तिक २५, २०७८

ADVERTISEMENT

अखिल नेपाल फुटबल संघ (एन्फा)ले २९ कात्तिक सुरू हुने भनिएको शहीद स्मारक ए डिभिजन लिग चार दिन सरेको छ । बिहीबार एन्फाले २९ कात्तिकबाट तय लिगलाई तीन दिन सार्दै ३ मंसिरबाट गर्ने निर्णय गरेको हो । 

एन्फा मुख्यालयमा आयोजित कान्तिपुर टेलिभिजनसँग लिगको प्रसारण अधिकार सम्झौता कार्यक्रममा एन्फाले लिगलाई चार दिन पर सारेकाे जनाएको छ ।

एन्फाले क्लबहरुसँगको छलफलपछि लिगका खेलहरु सातामा चार दिन (शुक्रबार, शनिबार र आइतबार) मात्र खेलाउनेसमेत जनाएको छ । 

यससँगै लिगको खेल तालिकामा समेत परिवर्तन हुने भएको  हो । यसअघि २९ कात्तिकमा साविक विजेता मच्छिन्द्र क्लब र नवप्रवेशी सातदोबाटो युथ क्लबबीच खेल हुने तालिका थियो । १४ क्लबको सहभागिता रहने लिगको अन्तिम दुई टोली रेलिगेसन (बढुवा) हुनेछन् । 


कस्तो लाग्यो ?

यो पनि