बैशाख २०, २०८१, बिहीबार
               

म बार्सिलोनामै फर्किन्छु : मेस्सी

नेपाल फ्ल्यास
कात्तिक १५, २०७८

ADVERTISEMENT

काठमाडौं । चर्चित पेरिस सेन्ट जर्मेन (पीएसजी) का फरवार्ड लिओनल मेस्सीले आफू पुनः बार्सिलोनामै फर्किन तयार भएको बताएका छन् ।

प्राविधिक सचिवको रुपमा बार्सिलोना फर्किन आफू तयार भएको मेस्सीले बताएका हुन् ।

बार्सिलोना छाडेर पीएसजी गएका अर्जेन्टाइन स्टार मेसीले पुनः बार्सिलोनामा फर्किएर क्लबको व्यवस्थापन टिममा रहने इच्छा व्यक्त गरेका छन् ।

स्पोर्टसँग कुरा गर्दै उनले भनेका छन्, ‘मैले सधैं भनेको थिएँ कि म क्लबलाई जसरी पनि मद्दत गर्न चाहन्छु, प्राविधिक सचिव बन्न चाहन्छु ।’ तर उनले बार्सिलोनामै रहन्छु कि रहँदैन भन्ने कुरा आफैंलाई थाहा नभएको बताए ।


कस्तो लाग्यो ?

यो पनि