मंसिर ०७, २०८१, शुक्रबार
               

भारतले जित्यो साफको उपाधि : फाइनलमा नेपाल पराजित

नेपाल फ्ल्यास
असोज ३०, २०७८

ADVERTISEMENT

साफ च्याम्पियनसिपकफ उपाधि भारतले जितेकाे छ । पहिलो पटक फाइनलमा पुगेको नेपाल भारतसँग पराजित भएको हाे । माल्दिभ्सको मालेस्थित राष्ट्रिय रंगशालामा शनिबार नेपाललाई ३-० पराजित गर्दै भारतले आठौं पटक साफ च्याम्पियनसिपको उपाधि जितेको हो ।

पहिलो पटक फाइनल पुगेको नेपाल भने फाइनलमा पराजित हुँदै उपविजेतामा सिमित भयो । फाइनलको पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि दोस्रो हाफमा आक्रामक सुरुवात गरेको भारतले सुरुवातमै २ गोल गर्दै खेलमा पकड जमाएको थियो ।

दुई गोलले पछि परेपछि आक्रामक रणनीति अपनाएको नेपालले खेलमा जित हासिल गर्न भने सकेन । अन्त्यमा गोल थप्दै भारतले आठौं उपाधि पक्का गर्यो ।

 


कस्तो लाग्यो ?

यो पनि