चैत १६, २०८०, शुक्रबार
               

रोनाल्डोको ह्याट्रिकमा पोर्चुगलको फराकिलो जित

नेपाल फ्ल्यास
असोज २७, २०७८

ADVERTISEMENT

कतार विश्वकप तथा  युरोपियन छनोटमा स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोको ह्याट्रिक मद्दतमा पोर्चुगलले लग्सम्बर्गमाथि फराकिलो जित निकालेको छ ।

मंगलबार राति घरेलु मैदानमा भएको खेलमा पोर्चुगलले लग्सम्बर्गमाथि ५-० को जित निकालेको हो । रोनाल्डोले ह्याट्रिक गर्दा ब्रुनो फर्नाण्डेज र जोआओ पाल्हिन्होले एक एक गोल गरे ।

खेलको आठौं मिनेटमा रोनाल्डोले पेनाल्टीबाट गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । १३औं मिनेटमा पोर्चुगलले अर्को पेनाल्टी पायो । जसलाई रोनाल्डोले नै गोल परिणत गरे । १७औं मिनेटमा फर्नान्डेसले गोल गर्दै टिमलाई ३-० को अग्रता बनाए ।

पोर्चुगलले ६९औं मिनेटमा जाओओको गोलमा चौथो गोल गर्‍यो । ८७औं मिनेटमा रोनाल्डोले गोल गर्दै ब्यक्तिगत ह्याट्रिक तथा टोलीको लागि पाचौं गोल गरे ।

रोनाल्डोको यो करियरको ५८औं ह्याट्रिक हो । उनले करियरमा म्यानचेस्टर युनाइटेडबाट एक पटक, रियल मड्रिडबाट ४४ पटक, युभेन्टसबाट ३ पटक र पोर्चुगलबाट १० पटक ह्याट्रिक गरेका छन् । 

यो जितपछि पोर्चुगलले विश्वकपमा स्थान बनाउने सम्भावना कायमै राखेको छ । उसको ६ खेलमा १६ अंक भएको छ । सोही समूहको अर्को खेलमा सर्वियाले अजरबैजानलाई ३-१ गोलले हरायो । यो जितपछि सर्विया पोर्चुगललाई पछि पार्दे शीर्ष स्थानमा उक्लन सफल भयो ।


कस्तो लाग्यो ?

यो पनि