बैशाख १५, २०८१, शनिबार
               

एन्डोरामाथि इंग्ल्याण्डको सहज जित

नेपाल फ्ल्यास
असोज २४, २०७८

ADVERTISEMENT

फिफा विश्वकप कतार-२०२२ को युरोपियन छनोटमा इंग्ल्यान्डले सानदार जित निकालेको छ । शनिबार राति भएको खेलमा इंग्ल्यान्डले घरेलु टोली एन्डोरामाथि ५-० को फराकिलो जित निकालेको हो ।

इंग्ल्यान्डको जितमा बेन चिलवेल, बुकायो साका, ट्याम्मी अब्राहम, जेम्स वार्ड प्रोज र ज्याक ग्रेलिसले १/१ गोल गरे । इंग्ल्याण्डले पहिलो हाफमा २ तथा दोस्रो हाफमा ३ गोल थपेको हाे ।

समूह ‘आई’ मा अपराजित रहेको इंग्ल्यान्ड जितसँगै ७ खेलबाट १९ अंक जोडेर शीर्ष स्थानमा यथावत छ । पराजित एन्डोरा ३ अंकसहित पाँचौ स्थानमा छ ।


कस्तो लाग्यो ?

यो पनि