बैशाख ०८, २०८१, शनिबार
               

पोर्चुगलको सहज जित

नेपाल फ्ल्यास
असोज २४, २०७८

ADVERTISEMENT

अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगलले विश्वकप आयोजक कतारमाथि सहज जित निकालेको छ । शनिबार राति  घरेलु मैदानमा पोर्चुगलले कतारलाई ३-० ले पराजित गरेको हो ।

पोर्चुगलमा शनिबार राति भएको खेलमा घरेलु टोली पोर्चुगलले खेलको ३७औं मिनेटमा कप्तान रोनाल्डोको गोलबाट अग्रता लिएको थियो । 

दोस्राे हाफको ४८औं मिनेटमा जोश फोन्टेले गोल गर्दै पोर्चुगलको अग्रता दोब्बर पारे ।९०औं मिनेटमा आन्द्रे सिल्भाले गोल गर्दै पोर्चुगललाई ३–० को सहज जित दिलाए । 

रोनाल्डोले २०२२ को फिफा विश्वकप आयोजक कतारविरुद्ध दोस्रो हाफ खेलेनन् । उनको स्थानमा राफयल लियोले खेल्ने अवसर पाएका थिए ।


कस्तो लाग्यो ?

यो पनि